मालश्री खबर
रोल्पा, ११ साउन । रोल्पा नगरपालिका १ खेवांसे स्थित श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयको चार कोठे भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
विद्यालयको चारकोठे पक्कि भवन आ.ब.२०८१÷८२ मा लागत अनुमान ८७ लाख ३३ हजार रुपैयाँमा ठेक्का भएको र उक्त बजेटमा ६० लाख संघीय सरकारबाट प्राप्त भएको र ५६ लाख ६ सय २० रुपैयाँमा ठेक्का सम्झौता भएको रोल्पा नगरपालिकाले जनाएको छ ।
यो भवन निर्माणको काम अघिल्लो आर्थिक बर्षमा सम्पन्न हुन नसकेपछि रोल्पा नगरपालिकाले म्याद थप गरेर आर्थिक वर्ष २०८२÷८३ मा भवन निर्माण सम्पन्न भएपछि औपचारिक कार्यक्रम गरेर नगरप्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन तथा हस्तान्तरण गर्नु भएको नगरपालिकाले जनाएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रशुराम घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगर उपप्रमुख गिता आचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे, वडा नम्बर १ का वडाध्यक्ष खुमबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।
कुलमान घर्तीको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका प्रधानअध्यावक उदय बुढाले सञ्चालन गर्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस्