Ad image

रोल्पाका दुई स्थानीय तहको बजेट कार्यान्वयन प्रगति सार्वजनिक, सुनिलस्मृति र रोल्पा नगरपालिकाले दिए विवरण

malashree
malashree २६ असार २०८३, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, असार २६ रोल्पा । रोल्पाका दुई स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनको प्रगति विवरण सार्वजनिक गरेका छन्। सुनिलस्मृति गाउँपालिका र रोल्पा नगरपालिकाले आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न भएका कार्य तथा भुक्तानी अवस्थाबारे जानकारी गराएका हुन्। सुनिलस्मृति गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार गाउँपालिकाको कुल औसत वित्तीय प्रगति ८०.०३ प्रतिशत रहेको छ। जसअन्तर्गत चालुतर्फ ८५.८१ प्रतिशत र पुँजीगततर्फ ६८.५६ प्रतिशत प्रगति भएको उल्लेख छ।

गाउँपालिकाले नीति, योजना, बजेट निर्माण तथा कार्यान्वयनमा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, विकास साझेदार, सञ्चारकर्मी तथा नागरिकप्रति धन्यवाद व्यक्त गर्दै आगामी वर्षमा अझ प्रभावकारी कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै, रोल्पा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को समग्र प्रगति ८५.५६ प्रतिशत पुगेको जनाएको छ। नगरपालिकाको विवरणअनुसार चालुतर्फ ८८.०५ प्रतिशत र पुँजीगततर्फ ७७.०८ प्रतिशत प्रगति भएको छ। नगरपालिकाले बजेट तथा कार्यक्रम कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, विकास साझेदार तथा सरोकारवाला निकायको सहयोग महत्वपूर्ण रहेको जनाएको छ। दुवै स्थानीय तहले आगामी आर्थिक वर्षमा पनि योजना कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाह र विकास निर्माणलाई प्राथमिकता दिने बताएका छन्।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्