मालश्री खबर, वैशाख १७ रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिकाले सार्वजनिक विदाका दिनमा समेत सेवा प्रवाह गर्ने भएको छ।
२०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित विशेष व्यवस्था अनुसार २०८३ वैशाख १ गतेदेखि चैत मसान्तसम्म विभिन्न सार्वजनिक विदाका दिनमा पनि गाउँपालिकाबाट हुने सेवाहरु उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको यस निर्णयले सेवाग्राहीलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्