Ad image

सूर्याेदय मावि मसिनाले ६६ औं वार्षिकोत्सव मनाउँदै

malashree
malashree १६ बैशाख २०८३, बुधबार
1 Min Read
Aa

मालश्री खबर, वैशाख १६ रोल्पा । सूर्याेदय माध्यामिक विद्यालय रुन्टिगढी गाउँपालिका–४, मसिनाले आफ्नो ६६ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाउने भएको छ ।

वार्षिकोत्सव यहि वैशाख २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ । वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने विद्यालयले जनाएको छ ।

प्रतियोगिताहरुमा खुल्ला पुरुष तथा महिला भलिबल, व्याडमिन्टन, अभिभावकहरुका लागि कुर्सी दौड र रस्साकस्सी, साथै विद्यार्थीहरुका लागि बेलुन फुटाउने, चम्चा दौड, नृत्य प्रतियोगिता र घैंटा फुटाउने जस्ता कार्यक्रमहरु समावेश गरिएको छ ।

खेलकुद प्रतियोगिताहरुमा विजेता टोली तथा व्यक्तिहरुलाई नगद पुरस्कार व्यवस्था गरिएको छ । खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार रुपैयाँ रहेको छ भने महिला भलिबलतर्फ प्रथम पुरस्कार २० हजार, द्वितीय १५ हजार र तृतीय पुरस्कार १० हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

- Advertisement -
Ad image

वार्षिकोत्सवमा विद्यालयले सम्पूर्ण अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरुलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्