सुर्य प्रकाश बुढा मगर,
मालश्री खबर,२ बैशाख रोल्पा । परिवर्तन गाउँपालिका–६ इरिबाङ्मा रहेको सुकिदह युवा क्लबको ७ औं वार्षिक उत्सव सम्पन्न भएको छ । ूसभ्य समाज रुपान्तरणको लागि युवा खेलकुद,कला र संस्कृतिको संरक्षण गर्ने हाम्रो प्रतिवद्धताू भन्ने मुल नाराका साथ मंगलबार परिवर्तन गाउँपालिका–६ नेपाल राष्ट्रिय माविको प्राङ्गण कोल्बोट नाफेमा सम्पन्न भएको हो ।
सुकिदह युवा क्लबका अध्यक्ष मनोज बुढा मगरको अध्यक्षतामा भएको समापन समारोह कार्यक्रमको पूर्व सहायक मन्त्री तथा नेपाली कांग्रेसकी महिला नेतृ भिम कुमारी बुढा मगरको प्रमुख आतिथ्य रहेको थियोे । परिवर्तन गाउँपालिका-६ का वडा सदस्य गण बहादुर बुढा,कल्पना परियार,नेपाली कम्युनिष्ट पार्टी परिवर्तन गाउँपालिका सचिव कर्ण बहादुर बुढा,नेपाली कम्युनिष्ट पार्टी परिवर्तन गाउँपालिका(६ का अध्यक्ष रविन बुढा मगर,परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गगन बुढा मगर,माडी गाउँपालिका रोजगार संयोजक नवीन थापा,माडी गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव चनविक्रम घर्ती,प्रादेशिक रेफ्री ज्योति थापा,गोविन्द वली,शेर बहादुर वली,धनजीत घर्ती,जिल्ला अदालत रोल्पाका खरिदार दिनेश बुढा मगर,नेपाल पत्रकार महासंघ रोल्पाका सदस्य सुर्य प्रकाश बुढा मगर,ढोरपाटन शिकार आरक्षण कार्यालयमा कार्यरत राजकुमार रोका मगर,नेपाल राष्ट्रिय मावि तालाबाङका शिक्षक नरबहादुर बुढा,परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य झकेन्द्र रोका,दिपा थापा,ईलाका प्रहरी कार्यालय ओबाङ्का इन्चार्ज ओमभक्त केसी र ओह टोलविकास संस्थाका अध्यक्ष गोमानसिङ बुढा मगरको आतिथ्यता रहेको थियोे ।
अहिलेको वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा जलजला युवा क्लब प्रथम भएर नगद पुरस्कार ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय परिवर्तन गाउँपालिका(१ कुरेलीले नगद पुरस्कार २५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। तृतीय थबाङ गाउँपालिका(३ मिरुलले नगद पुरस्कार १५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सान्त्वना भुमे गाउँपालिका–९ चुनबाङले नगद पुरस्कार १० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम थबाङ गाउँपालिका–३ मिरुल भएर नगद पुरस्कार ३० हजार सहित ट्र्फी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय नवदुर्गा युवा क्लब परिवर्तन गाउँपालिका–३ थुनिकोटले नगद पुरस्कार २० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय आयोजना सुकिदह युवा क्लबले नगद पुरस्कार १५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सान्त्वना परिवर्तन गाउँपालिका–३ बागमाराले नगद पुरस्कार १० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
एकल नृत्य प्रतियोगितामा लक्ष्मी घर्ती मगर प्रथम भएर नगद पुरस्कार ३ हजार,द्वितीय प्रतिभा घर्ती मगरले नगद पुरस्कार १ हजार ५ सय र तृतीय अञ्जना घर्ती मगरले नगद पुरस्कार १ एक हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । घैटाफोर प्रतियोगितामा धनजीत घर्ती मगर प्रथम भएर नगद पुरस्कार २ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।
सकिदह युवा क्लबका सहसचिव सुजन पुन मगरको स्वागत मन्तव्यबाट सुरु भएको समापन कार्यक्रममा प्रमुख अतिथी पूर्व सहायक मन्त्री तथा नेपाली कांग्रेसकी महिला नेतृ भिम कुमारी बुढा मगरले खेल स्वभाविक रूपमा एक पक्षको जित र एक पक्षको हार हुने भएकोले अनुशासन पूर्वक खेल्नु नै खेल भएको बताउनु भएको थियोे । सुकिद युवा क्लबका अध्यक्ष मनोज बुढा मगरले वार्षिक उत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिनु भएको थियोे भने आगामी दिनमा पनि साथ सहयोग,समन्वयको अपेक्षा क्लबले राखेको बताउनु भएको थियोे । प्रमुख अतिथि लगायत अन्य अतिथीहरुको हातबाट पुरस्कार वितरण गरिएको थियोे । समापन कार्यक्रमको सञ्चालन सुकिदह युवा क्लबका सचिव सुनिल पुनमगरले गर्नुभएको थियोे ।





प्रतिक्रिया दिनुहोस्