मालश्री खबर, वैशाख १७ रोल्पा ।
रोल्पा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ ।
‘‘स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता पुर्ण खोप हाम्रो प्रतिबद्धता’’ भन्ने मुल नाराका साथ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा सहभागिहरुले आगामी वर्षहरुमा पनि उक्त कार्यलाई निरन्तरता दिने साझा प्रतिबद्धता जनाएका छन् ।
नगरपालिकामा ०–१५ महिनाका ६ सय ५३, १६–२३ महिनाका ४ सय २३ र २४–५९ महिनाका १५ सय्क ८४ जना बालबालिकामध्ये ६ जनाले खोप कार्ड नभएकाहरु रहेकोमा उनीहरुलाई पनि खोप कार्ड उपलब्ध बनाएपछि नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
बुधबार रोल्पा नगर प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षता र जिल्ला समन्वय समिति रोल्पाका उप–प्रमुख कर्मलाल परियारको प्रमुख आतिथ्यता कार्यक्रम लिवाङमा सम्पन्न गरिएको छ ।
राष्ट्रिय खोप तालिका अनुसार नगरका १० वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।





प्रतिक्रिया दिनुहोस्