मालश्री खबर, बैशाख १७ रोल्पा
सनिलस्मृति गाउँपालिकामा स्वास्थ्य सचेतना सम्बन्धी सरोकारवालाकाेलागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। गाउँपालिकाको समन्वय तथा स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा संक्रमण र नसर्ने रोगहरूको न्यूनीकरण तथा सरुवा/महामारीजन्य रोगहरूको बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हाे ।
गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षमा सञ्चालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना थापा, प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, वडा अध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य समुदायमा रोगको जोखिम कम गर्नु र जनचेतना अभिवृद्धि गर्नु रहेको बताईएको छ । यस किसिमकाे कार्यक्रमहरूले गाउँस्तरमै स्वास्थ्यप्रति सचेतना बढाउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएकाे छ।






प्रतिक्रिया दिनुहोस्