मालश्री खबर, वैशाख १६ रोल्पा ।
रोल्पा नगरपालिकाले कोदो तथा फापरको बीउ माग गर्न कृषकलाई अनुरोध गरेको छ ।
नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बीउ बैंक सुदृढीकरण कार्यक्रम अनुसार सत प्रतिशत अनुदानमा बीउ वितरण गर्न लागिएको हो ।
ईच्छुक कृषक, कृषि समूह, सहकारीले वैशाख २५ गतेसम्म माग गर्न सकिने सूचना मार्फत जानकारी गराइएको छ ।






प्रतिक्रिया दिनुहोस्