Ad image

गाउँपालिकाको आग्रहलाई अवज्ञा गरे कार्बाहीको प्रक्रिया अघि बढाइने छ : जनक पुन

malashree
malashree १६ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, वैशाख १६ रोल्पा ।

रोल्पाको रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले गाउँपालिकाले आग्रह गरेको पठनपाठन सञ्चालनको अवज्ञा गरे कार्बाही गरिने चेतावनी दिनुभएको छ ।

अध्यक्ष पुनले सामाजिक संजाल फेशबुकमा आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार पनि ख्याल गर्नुपर्ने बताउनुभएको छ । आन्दोलनको नाममा लामो समयसम्म विद्यालय बन्द गर्ने, पठनपाठन अवरुद्ध गर्ने, विद्यार्थीको भर्ना हुन पाउने अधिकारलाई बञ्चित गर्ने जो कोहि प्रधानाध्यापक र शिक्षकलाई कार्बाही गरिने स्मरण गराउनुभएको छ ।

साथै स्थानीय सरकार रुन्टिगढीले गाउँपालिकाले गरेको आग्रहलाई विज्ञप्ति निकालेर अवज्ञा गरे थप कार्बाहीको प्रक्रिया अगाडी बढाउने समेत जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

malashree

प्रतिक्रिया दिनुहोस्