मालश्री खबर, बैशाख १५ रोल्पा
सुनिलस्मृति गाउँपालिका वडा नम्बर १, पंचकोटमा निर्मित सिद्धमूल खानेपानीकाे उद्घाटन गरिएको छ। सिद्धमूल खानेपानी याेजना उपभोक्ता समितिका अध्यक्षको अध्यक्षता, गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीकाे प्रमुख आतिथ्यता, गाउँपालिकाका उपाध्यक्ष मिना थापा र आईएनएफ नेपाल कार्यकारिणी समितिका कोषाध्यक्षको बिशिष्ट आतिथ्यतामा उक्त खानेपानीकाे उद्घाटन गरिएको हाे ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष, वडा समिति सदस्यहरू, आईएनएफ नेपालका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
खानेपानी योजना करीब ३२ लाख ४५ हजार ६ सय १८ रुपैयाँ ३३ पैसाको लागतमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । योजना सम्पन्न भएसँगै कुल ५० घरधुरी (व्यक्तिगत ४९ र १ विद्यालय) लाभान्वित भएका छन्।






प्रतिक्रिया दिनुहोस्