Ad image

सुकिदह क्लब मनाउदैछ आफ्नो छैठौं वार्षिकोत्सव

malashree
malashree १४ चैत्र २०८१, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, चैत १५ रोल्पा ।

परिवर्तन गाउँपालिका – ६ मा रहेको सुकिदह युवा क्लबले आफ्नो वार्षिकोत्सव मनाउदैछ ।

यहि २५ देखि बैशाख १ गतेसम्म आफ्नो दिवस विविध कार्यक्रमको आयोजना गरेर मनाउने भएको छ । उक्त वार्षिकोत्सवमा वडा स्तरीय पुरुष र महिला भलिबल, लोक दोहोरी, एकल नृत्य र रस्साकस्सी प्रतियोगिता सञ्चालन गरिने आयोेजकले जनाएको छ ।

सभ्य समाज रुपान्तरणको लागि युवा खेलकुद, कला र सस्कृतिको संरचना गर्ने हाम्रो प्रतिवद्धदा भन्ने नाराका साथ खोलिएको क्लबले आफ्नो वार्षिकोत्सवमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आएको छ ।

- Advertisement -
Ad image

कार्यक्रमलाई सफल पार्नका लागि राजनीतिक दल, जनप्रतिनिधि, खेलाडी, कलाकार, युवा क्लब, आमा समूह, झाँकी नाच लगायत स्थानीयमा उपस्थितको लागि क्लबले अनुरोध गरेको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्