रोल्पा,२७फाल्गुन। मोतिबिन्दुको छनोट शिविर थवाङ गाउँपालिका ४ घोराबाङ उवामा सम्पन्न भएको छ। मंगलबार सम्पन्न शिविरबाट १०२ जनाले सेवा लिएका छन् । जसमा पुरुष ४७जना र महिला ५५ जना छन् ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पतालद्वारा संचालित सुलिचौर सर्जिकल आँखा उपचार केन्द्रको प्राविधिक सहयोग र एनएबिपि आई केयर नर्वेको आर्थिक सहयोगमा शिविर गरिएको थियो।
शिविरमा संलग्न १०२ जना मध्ये १७ जनामा मतिबिन्दुको समस्या देखिएको थियो । मितिबिन्दुको समस्या देखिएकाहरु मध्ये ७ जना पुरुष र १० जना महिला छन्। मतिबुन्दुको समस्या देखिएका व्यक्तिहरुको चैत ४ र ५ गतेको दिन सुलिचौर सर्जिकल आँखा केन्द्र सुलिचौरमा नि:शुल्क शल्यक्रिया गरिने सुलिचौर सर्जिकल आँखा केन्द्रका प्रमुख केशर डाँगीले जानकारी दिनुभयो।





प्रतिक्रिया दिनुहोस्