Ad image

प्रजातन्त्र दिवस रोल्पामा पनि मनाईयो

malashree
malashree ७ फाल्गुन २०८१, बुधबार
3 Min Read
Aa

मालश्री खबर, फागुन ७ रोल्पा ।

रोल्पाको सदरमुकाम लिबाङमा पनि प्रजातन्त्र दिवस मनाईएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ जिल्ला स्तरी कार्यक्रम आयोजक समिति रोल्पाको आयोजनामा प्रभातफेरी कार्यक्रम गरि दिवस मनाईएको हो ।

आज विहान शिबालय मन्दिरबाट सुरु गरि सात्ताले, पिपलचौतारा, पधेँरी खोला, टुडिखेल हुँदै जिल्ला समन्वय समिति रोल्पाको कार्यालय पुगी कोणसभामा परिणत भएको थियो ।

- Advertisement -
Ad image

जिल्ला समन्वय समिति रोल्पाका उप–प्रमुख कर्मलाल परियारको अध्यक्षतामा भएको कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीको प्रमुख आतिथ्यता रहेको थियो ।
नागरिक रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनका रूपमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा बोल्दै रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापाले २००७ देखि २०८१ सम्म आउँदा नेपालमा आन्दोलन, क्रान्ति, परिवर्तन र व्यस्था धेरै ठुलो भएको बताउनुभयो । तर शोषक सामन्तहरु, दलालहरुको विगविगी रहेको समेत बताउनुभयो ।

नागरिकहरुमा यस्ता दिवसको हर्षाेल्लास नभएको उहाँको भनाई छ । त्यसका लागि नागरिकलाई सामेल गराउने खालको वातावरण नभएको पनि बताउनुभयो ।

यसै गरि प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीले ज्ञात–अज्ञात सहिदहरु श्रद्धाञ्जली व्यक्त गर्नुभयो । हामी गणतन्त्रबाट लोकतन्त्रमा आएका छौं । सबै मिलेर अगाडी बढ्न आवश्यक भएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्यले प्रजातन्त्र भनेको सबै जनताहरु, जनप्रतिधिहरु, राजनीतीकर्मीका लागि भएको बताउनुभयो । जनतामा उत्साह, उमंग, जोश,जागर देखिन छाड्यो ।

कर्मचारी र प्रहरीलाई लिएर मनाउनुपर्ने बाध्यता छ । यो दुःखको कुरा हो । पछिल्ला दिनमा जुन अवस्था सिर्जना भएको छ । त्यो राम्रो नभएको आचार्यले बताउनुभयो । जसको जिम्मेवार सबै रहेको पनि उल्लेख गर्नुभयो ।

जिल्ला समन्वय समिति रोल्पाका उप–प्रमुख कर्मलाल परियारले जनताले अधिकार पाएको दिन भएको स्मरण गराउनुभयो । नेपाली जनताहरुले शासकहरुबाट आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गरेको दिनलाई समेत लिनुपर्ने बताउनुभयो ।

राणा शासन र शासकहरुको व्यवस्था परिवर्तन गर्नको लागि संघर्ष गर्ने सहिदहरुमा सम्मान व्यक्त पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी, नेपाली कांग्रेसका पाटी सभापति किशोरकुमार आचार्य, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

साथै उक्त कार्यक्रममा रोल्पा अस्पताल रेउघाका मेडिकल अधिकृत ऋषभ गौतम र रोल्पा नगरपालिकाका सचिव चन्द्रज्योती सुवेदीले आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो । यस्तै स्वास्थ्य कार्यालय रोल्पाका सिता कवरले नसर्ने रोगको अभियान सम्बन्धि जानकारी गराउनुभएको थियो ।

malashree

प्रतिक्रिया दिनुहोस्