सुर्यप्रकाश बुढा
मालश्री खबर, २१ पुष रोल्पा । लाली गुराँस युवा क्लब परिवर्तन गाउँपालिका ३ इरिबाङ रोल्पाको ११औं अधिवेशन उद्घाटन भएको छ । आइतबार लाली गुराँस युवा क्लबको आयोजनामा नेपाल रेडक्रस सोसाइटी बागमारा उपशाखा भवन परिवर्तन गाउँपालिका ३ बागमारामा उद्घाटन गरिएको हो ।
लाली गुराँस युवा क्लबका कार्यवाहक अध्यक्ष हिरालाल खड्काको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रमको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संगठन विभाग सदस्य सचिव तथा लाली गुराँस युवा क्लबका संस्थापक अध्यक्ष विश्वकुमार चन्दको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा परिवर्तन गाउँपालिका ३ का वडा अध्यक्ष तथा लाली गुराँस युवा क्लबका पूर्व अध्यक्ष खिमविक्रम चन्दको विशिष्ट आतिथ्यता रहेको थियोे । कार्यक्रममा परिवर्तन गाउँपालिका ३ का निवर्तमान वडा अध्यक्ष झपिराम डाँगी, परिवर्तन गाउँपालिका ३ का वडा सदस्य अमित बुढा मगर, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि भिम बहादुर केसी, नेकपा रोल्पाका जिल्ला सदस्य भक्त रिजाल, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका ३ का अध्यक्ष वीरबहादुर केसी, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका ३ का निवर्तमान अध्यक्ष दिपक बुढा मगर, नेकपा परिवर्तन गाउँपालिका ३ का सेक्रेटरी दलवीर थापा, नेपाल रेडक्रस सोसाइटी बागमारा उपशाखा सभापति लक्ष्मी डाँगी, शिक्षक महासंघ परिवर्तन गाउँपालिका अध्यक्ष मनप्रसाद पुन मगर, जनता मावि बागमाराका प्रधानाध्यापक जय कुमार बुढा, छड्के देउराली युवा क्लबका अध्यक्ष गोपाल बहादुर केसी, लाली गुराँस युवा क्लबका पूर्व सचिव केबी खड्का, पूर्व सचिव कुलप्रसाद शर्मा, बागमारा विद्युत प्राधिकरणका अध्यक्ष हरि केसी, प्रहरी चौकी बागमाराका इन्चार्ज झलक बुढा मगर, जनता मावि बागमाराका शिक्षक अल बहादुर खड्का, लाली गुराँस युवा क्लबका पूर्व खेलाडी तथा बुद्धिजीवी भिमशेन थापा, जनता प्रावि चाबाङ्काका शिक्षक मदनकुमार डाँगी र बुद्धिजीवी महेन्द्र चन्द लगायतको आतिथ्यता रहेको थियोे ।
लाली गुराँस युवा क्लबका सदस्य अनिल पुन मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संगठन विभाग सदस्य सचिव विश्वकुमार चन्द , परिवर्तन गाउँपालिका ३ का वडा अध्यक्ष खिम विक्रम चन्द , परिवर्तन गाउँपालिका ३ का निवर्तमान अध्यक्ष झपिराम डाँगी , नेकपा रोल्पा जिल्ला सदस्य भक्त रिजाल , नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि भिम बहादुर केसी , नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका ३ का अध्यक्ष वीर बहादुर केसी, नेपाल रेडक्रस सोसाइटी बागमारा उपशाखा सभापति लक्ष्मी डाँगी , शिक्षक महासंघ परिवर्तन गाउँपालिका अध्यक्ष मनप्रसाद पुन मगर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
शुभकामना व्यक्त गर्ने अतिथीहरुले क्लब सबैको साझा संस्था भएकोले समाज रुपान्तरण गर्ने दायित्व पनि क्लब भएको बताएका छन् । क्लबको अबको नेतृत्वमा निष्पक्ष, निस्वार्थ र मानवीय भावना लिएर अगाडि बढ्नुपर्ने बोल्ने अतिथिहरुको ठम्याई रहेकोे छ । आर्थिक प्रतिवेदन कोषाध्यक्ष पूर्ण बुढा मगर र सचिव दिपा थापाले सांगीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएके थियो । कार्यक्रमको सञ्चालन लाली गुराँस युवा क्लबका सदस्य खुम रिजालले गर्नु भएको थियोे । यो समाचार तयार पार्दा सम्म क्लबको नयाँ नेतृत्वको लागि बन्द शत्र कार्यक्रम बागमारा उपशाखा भवनमा जारी रहेको छ।






प्रतिक्रिया दिनुहोस्