मालश्री खबर
पुष ५ रोल्पा । सुनिलस्मृति गाउँपालिकामा विपद प्रतिकार्य योजनामा आधारित समुदायमुखी स्थानीय विपद् व्यवस्थापन कार्ययोजना निर्माण कार्यशाला गोष्ठी सञ्चालन भएको छ ।
पर्यटन प्रवर्द्धन, वन, वातावरण तथा विपद् व्यवस्थापन उपशाखाको आयोजना तथा आइएनएफ नेपालको आर्थिक सहयोगमा सुनिलस्मृति गाउँपालिकाको सभाहलमा सञ्चालन भएको छ ।
सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम वुढाथोकीको अध्यक्षता सञ्चालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोतिम आलम, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय सुलिचौरका ईन्चार्ज अरुण तामाङले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।
आई.एन.एफ नेपाल जिल्ला कार्यक्रम संयोजक तिलक भण्डारीले कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा विषयगत शाखा प्रमुखहरु, वडा सचिवहरु, इलाका प्रहरी कार्यालय खुङ्ग्रीका ईन्चार्ज, अस्थायी ट्राफिक प्रहरी पोष्ट सुलिचौरका ईन्चार्जको सहभागिता रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्