मालश्री खबर, मंसिर २४ रोल्पा ।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ९ ले जेष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अन्तर्गत वडा भित्र बसोबास गर्ने ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई फाइबर सिरक सम्मान गर्ने भएको हो ।
कार्यक्रम मंसिर २६ गते ९ नं. वडा कार्यालयमा गरिने वडाध्यक्ष चेतलाल खत्रीले जानकारी दिनुभयो । वडाका ४० जना जेष्ठ नागरिकलाई सम्मान गरिने उहाँले बताउनुभयो ।
साथै सोहि दिन आमा समूह तथा महिला स्वयंसेविकाहरुलाई पि–फर्म, कुर्सी र फिल्टर सामग्री वितरण गरिने भएको छ । कार्यक्रममा सम्बन्धित सम्पूर्णलाई उपस्थितीको लागि वडाले अनुरोध गरेको छ ।





प्रतिक्रिया दिनुहोस्