Ad image

सुकिदह गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

malashree
malashree २१ मंसिर २०८१, शुक्रबार
3 Min Read
Aa

मालश्री खबर, २१ मंसिर रोल्पा ।  सुकिदह गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन भएको छ। स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मुलनाराका साथ राष्ट्रिय माध्यमिक विद्यालय सुकिदह गाउँपालिका -१ मेलडारी ओत रोल्पाको प्राङ्गणमा उद्घाटन भएको छ।

राष्ट्रिय माविको व्यवस्थापन तथा सुकिदह गाउँपालिकाको आयोजनामा शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो। सुकिदह गाउँपालिकाका अध्यक्ष हरि बहादुर पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको रुन्टिगढी गाउँपालिका अध्यक्ष तथा लुम्बिनी प्रदेश गाउँपालिका महासंघ सदस्य जनक पुनको प्रमुख आतिथ्यता रहेकोे थियोे भने सुकिदह गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी केसीको विशिष्ट आतिथ्यता रहेको थियो।

रुन्टिगढी गाउँपालिकाका प्रवक्ता तथा ९ का वडा अध्यक्ष चेतलाल खत्री,१ का वडा अध्यक्ष थम बहादुर घर्ती मगर, सुकिदह गाउँपालिका -१ का वडा अध्यक्ष अमृता बहादुर वली,२ का अम्मर बहादुर खत्री,५ का वडा अध्यक्ष अमृत बहादुर बुढा ,६ का कार्यवाहक वडा अध्यक्ष बिमल कुमार खड्का,७ का वडा अध्यक्ष प्रेम प्रकाश केसी, इलाका प्रहरी कार्यालय घर्ती गाउँका प्रहरी इन्स्पेक्टर देव सिंह भण्डारी,नेपाली कांग्रेस सुकिदह गाउँपालिका सभापति मीन बहादुर खड्का,नेकपा एमाले सुकिदह गाउँपालिका उपाध्यक्ष कमल डाँगी लगायतको आतिथ्यता रहेको थियो ।

सुकिदह गाउँपालिका -१ का वडा सचिव त्रिभुवन सिंह घर्ती स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षक, विद्यार्थी, आमा समूह, पैसरु समूह, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बुद्धिजीवी, व्यापारी र खेलप्रेमी महानुभावको सहभागिता रहेको थियो ।

- Advertisement -
Ad image

रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छुट्टै महत्त्व भएको बताउदै,विद्यार्थीको सर्बाङ्गीन,शारीरिक,मानसिक विकास गर्ने बताउनु भएको छ । विद्यार्थीमा भएको प्रतिभालाई प्रस्फुटन गराउने र आर्थिक,सामाजिक विकासमा समेत खेलकुद क्षेत्रको योगदान रहेको बताउनु भएको छ ।

दूर दराजमा रहेका विद्यार्थीलाई खेलकुद क्षेत्रमा जोड्ने र देखाउने माध्यमको रूपमा अहिले ७ सय ५३ स्थानीय तहमा सञ्चालन हुनुले पनि महत्त्वपूर्ण भुमिका हुने बताउनु भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुदको समन्वय गर्ने माध्यम भएकोले रोल्पा जिल्लामा १० वटा स्थानीय तह भएकोले सबै स्थानीय तहले सञ्चालन गर्ने र खेलाडी छनोट गरेर जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना हुने र त्यहाँ एक अर्को पालिका बीच प्रतिस्पर्धा हुने भएकोले एकले अर्को खेलाडीलाई चिन्ने अवसर प्रदान हुने समेत बताउनु भएको छ।

सुकिदह गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी केसीले सबै मिलेर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नुपर्ने दायित्व रहेकोे बताउदै,टाढा टाढाका विद्यालयबाट विद्यार्थी सहभागिता भएकाले चिसो समय भएकाले स्वास्थ्यमा ध्यान दिन र स्वयंम आफै जिम्मेवार हुने भएकोले सबै सजग हुनुपर्ने बताउनु भएको छ।

सुकिदह गाउँपालिका -१ का वडा अध्यक्ष अमृत बहादुर वलीले सबै मिलेर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मर्यादित,शान्तिपूर्ण बाताबरणमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ।सुकिदह गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिता मंसिर २४ गतेसम्म सञ्चालन हुने बताइएको छ।

राष्ट्रपति सञ्चालन खेलकुद विधामा समावेश खेलकुद प्रतियोगीहरुको आयोजना गरिएको बताइएको छ। कार्यक्रमको सञ्चालन राष्ट्रिय माध्यमिक विद्यालय सुकिदह गाउँपालिका -१ ओतका शिक्षक अमृत घर्ती मगरले गर्नु भएको थियो ।

malashree

प्रतिक्रिया दिनुहोस्