मालश्री खबर
मंसिर १३ रोल्पा । सन्तानको रहर पुगेका दम्पत्तीहरुका लागी स्थायी बन्ध्याकरण शिविरको समापन भएको छ ।
रोल्पा जिल्लाका सबै स्थानीय तहमा कार्तिक २९ गते देखी मङ्सिर १२ गते शिविर सञ्चालन भएको थियो । बुधबार रोल्पा नगरपालिका अन्तर्गत सेवा दिने गरी रोल्पा अस्पताल रेउघामा एक कार्यक्रमका बिच शिविरको समापन गरिएको हो ।
९५ महिलाले मिनील्याप र ९३ पुरुषले भ्यासेक्टोमी सेवा लिएर जिल्लाभर १८८ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका छन् ।
गत आर्थिक वर्ष २०८०/८१ को परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा पनि रोल्पा जिल्लाभर १८८ जनाले नै सेवा लिएका थिए ।
स्वास्थ्य सेवा विभाग, टेकु काठमाडौँबाट उपलब्ध गराइएको लक्ष्य १३७ जना थियो । रोल्पामा १३७.२ प्रतिशत प्रगति भएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।
शिविर समापन कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य, रोल्पा नगरपालिका उपप्रमुख गीता आचार्य प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, रोल्पा अस्पतालका मेडिकल सुपरटेन्डेन्ट प्रमोद कट्टेल लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य कार्यालय रोल्पाको आयोजना तथा सुनौलो परिवार नेपाल, मेरी स्टोप्स इन्टरनेस्नल नेपालको प्राविधिक सहयोग र स्थानीय तहहरुको समन्वयमा सन्तानको रहर पुगेका दम्पत्तीहरुकालागी शिविर सञ्चालन भएको हो ।






प्रतिक्रिया दिनुहोस्