मालश्री खबर
मंसिर ९ रोल्पा । जलजला युवा क्लब परिवर्तन गाउँपालिका ४ पाछाबाङ रोल्पाको १८ बार्षिकोत्सव उद्घाटन भएको छ ।
सनिवार परिवर्तन गाउँपालिकामा जलजला युवा क्लबको १८ बार्षिकोत्सवको उद्घाटन तथा शहिद स्मृति खेलकुद, व्यापार सास्कृतिक महोत्सव तथा बृहत कृषि प्रदर्शनी २०८१ को उद्घाटन गरिएको हो ।
जलजला युवा क्लबका अध्यक्ष कमल बुढामगरको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रमको प्रमुख अतिथिमा परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगर रहनु भएको थियो । विशिष्ट अतिथिमा परिवर्तन गाउँपालिका पूर्व उपाध्यक्ष हितकुमारी बुढामगर हुनुहुन्थ्थो ।
अतिथिमा परिवर्तन गाउँपालिका ४ का वडाध्यक्ष अमर बुढामगर, ५ नम्बर वडाध्यक्ष मैते बुढामगर, २ नम्बर वडाध्यक्ष हरिप्रसाद बुढामगर, ३ नम्बर वडाध्यक्ष खिमविक्रम चन्द, ५ नम्बर वडाध्यक्ष चुनबहादुर वलि, ६ नम्बर वडाध्यक्ष भरकुमार बुढामगर, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्य दलबहादुर बुढामगर, लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य दिपेन्द्र कुमार डाँगीको आतिथ्यता रहेको थियो ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी एमाले रोल्पा जिल्ला प्रतिनिधि सदस्य देवप्रकाश वलि लगायत अन्य प्रतिनिधि, क्लबका सस्थापक अध्यक्ष, सस्थापक सचिव लगायत विभिन्न राजनीतिक दल, समजसेवी, वुद्दिजिवी, व्यापारी, आमा समुह, टोल समुह, मयुर नाचँ समुह लगायतको उद्घाटन कार्यक्रममा उपस्थित रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा परिवर्तन गाउँपालिक अध्यक्ष सुकबहादुर बुढामगरले वार्षिकोत्सव तथा महोत्सव सञ्चालन गरिरहदा आयोजकलाई चुनौती भएको भएपनि परम्परागत मेलालाई केही परिस्कृत गरी सास्कृतिक, कृषि प्रदर्शनी महोत्सव सञ्चालन हुदैगर्दा सबै जिम्वेवार व्यक्ति, निकायहरुले साथ दिनु पर्ने बताउनुभयो ।
कृषि प्रदर्शनीमा त्यहाँका स्थानीय रैथाने कृषि उपजहरु राखिएको छ । जिल्ला भित्र र बाहिरबाट महोत्वसकोलागि स्टलहरु निर्माण गरिएको छ ।
विविध खेलकुद कार्यक्रमहरु सङ्गै स्थानीय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको साथमा खेलकुद तथा महोत्सव मंसिर १५ गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ ।





प्रतिक्रिया दिनुहोस्