मालश्री खबर, असोज, ०७ रोल्पा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकास्तरीय अधिवेशन बुधबार सम्पन्न भएको छ। अधिवेशनबाट नेपाली कांग्रेस सुनिलस्मृति गाउँपालिका सभापतिमा रोशन गिरी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै उपसभापतिमा टिकाराम कार्की र महिला उपसभापतिमा हिराकुमारी पुन निर्विरोध चयन भएका छन्।

त्यसैगरी सचिवमा सागर थापा र सह–सचिवमा सुनिल के.सी. निर्विरोध निर्वाचित भएका छन्। युवातर्फ अन्जना के.सी. चयन भएकी छन्। निर्विरोध निर्वाचित सदस्यहरूमा आयुषा गिरी, अमित सुनार, अम्मरे कामी, केशरी वि.क., बसन्त बहादुर खड्का, शिला थापा, पूजा घर्ती, खुशल वि.क., गोरे बिष्ट, हरि बहादुर खत्री, शान्तिदेवी कामी, सन्तोष कुमार बिष्ट, अनिता रोका, खिम बहादुर थापा, कविता शाही, दुर्गा बहादुर पुन मगर, गीता वि.क. र दम बहादुर वि.क. रहेका छन्। निर्वाचनबाट निर्विरोध निर्वाचित कार्यसमितिको जानकारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुनिलस्मृति गाउँपालिका मतदान अधिकृत टेकमान बिष्टले दिएका हुन्। अधिवेशनमा गाउँपालिकाभित्रका ८ वटै वडाका क्षेत्रीय प्रतिनिधिहरु वडाका सभापति, निवर्तमान वडा सभापति तथा क्रियाशील सदस्यहरूको सहभागिता रहेको थियो। अधिवेशनको निर्वाचन प्रक्रिया तथा सहजीकरण नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सह–सचिव गञ्जबहादुर क्षेत्रीले गरेका थिए।







प्रतिक्रिया दिनुहोस्