Ad image

सुनिलस्मृति गाउँपालिकाको विषयगत शाखा प्रमुखहरूको बैठक

malashree
malashree ७ आश्विन २०८३, बुधबार
1 Min Read
Aa

रोल्पा,०७ असोज ।प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा विषयगत शाखा प्रमुखहरूको बैठक सम्पन्न भएको छ। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बसेको बैठकमा विभिन्न विषयगत शाखाका प्रमुखहरूले कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती तथा अवसरका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

बैठकमा शाखा प्रमुखहरूले उठाएका समस्या तथा जिज्ञासामाथि प्रमुख प्रशासकीय अधिकृत रिजालले आवश्यक समाधान र स्पष्टता प्रदान गर्नुभएको थियो। साथै, कार्यक्रम तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन शाखा प्रमुखहरूलाई आवश्यक निर्देशनसमेत दिनुभएको थियो।

बैठकमा गाउँपालिकाका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सेवा प्रवाहमा थप सुधार ल्याउने विषयमा समेत छलफल भएको जनाइएको छ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्