रोल्पा,०७ असोज । नेपाली कांग्रेस रोल्पा नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ । १५ औँ महाधिवेशन अन्तरगत आज सम्पन्न भएको नेपाली कांग्रेसको नगरपालिकाको अधिवेशनबाट रामबहादुर बुढाथोकीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
जसको उपसभापतिमा कुलबहादुर विक र सरस्वती गिरी, सचिवमा तिर्था कुमारी शर्मा, सहसचिवमा चमार खत्री सर्वसम्मत रुपमा चयन भएका हुन् । सदस्यहरुमा महिलाकोटाबाट जितकुमारी थापाक्षेत्री र विष्णुमायाँ बुढा, दलितकोटाबाट प्रतिभा विक, युवातर्फ विक्रम वली, खुलातर्फ भक्तराम पुन, केशबहादुर खत्री र होमलाल डाँगी चयन भएका छन् ।
वडा अधिवेशनबाट चयन भएका सबै वडा सभापतिहरु पदेन सदस्यको रुपमा नगरपालिकाको कार्यसमितिमा रहने व्यवस्था छ ।






प्रतिक्रिया दिनुहोस्