Ad image

रोल्पाको ४१ वडामा नेपाली कांग्रेसको अधिवेश सम्पन्न

malashree
malashree ३ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

रोल्पा,०३ असोज । नेपाली कांगेसको आजदेखि सुरु भएको १५ औँ महाधिवेशन अन्तरगत रोल्पा जिल्लामा ४१ वडाहरुमा वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाको दश स्थानीयको ७२ वडा मध्ये ४१ स्थानमा आज शनिबार अधिवेशन सकिएको नेपाली कांग्रेस रोल्पाका सचिव शेरबहादुर थापाले जानकारी दिनुभएको छ ।

बाँकी वडाहरुले आइतबार अधिवेशन हुने उनले जानकारी दिए । नेपाली कांग्रेसले वडा अधिवेशन असोज ३ र ४ गते सम्पन्न गर्न आग्रह गरेको थियो सोही आधारमा नेपाली कांग्रेस रोल्पा पनि अधिवेशनमा होमिएको हो ।

malashree

प्रतिक्रिया दिनुहोस्