Ad image

शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको साधारण सभा सम्पन्न

malashree
malashree ३ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

रोल्पा,०३ असोज । रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समिति रोल्पाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सातौ वार्षिक साधारण सभा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो । राष्ट्रिय सहरी खानेपानी उपभोक्ता तथा सरसफाई महासंघ नेपालका केन्द्रीय अध्यक्ष खेमराज वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम साधारण सभा सम्पन्न भएको हो ।

सभाको विशिष्ट अतिथिको रुपमा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती र प्रमुख जिल्ला अधिकारी घनश्याम गौतम रहनुभएको थियो । रोल्पा शहरी खानेपानी उपभोक्ता सरसरफाई समितिका अध्यक्ष सुमन विकले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

वार्षिक साधारण सभाको अवसरमा संस्थाले सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८२÷८३ को अवधीमा ७८ लाख ४० हजार ७७ रुपैयाँ आम्दानी गरेको छ । संस्थाले पानी धारा महसुल, मिटर, गेटभल्ब, निप्पल लगायतको सामग्री बिक्री, पानी महसुल मिटर रीडरद्वारा आम्दानी र ब्याजबाट प्राप्त रकम गरी सो परिणाममाले संस्थाले आम्दानी गर्न सफल भएको संस्थाका कोषाध्यक्ष शिला विकले जानकारी दिनुभयो ।

त्यस्तै यो अवधिमा संस्थाले ७० लाख ८१ हजार ३३१ रुपैयाँ खर्च गरेको जानकारी दिनुभयो । सामग्री खपट, विद्युत महसुल भुक्तानी, प्रशासनीक तथा अन्य खर्च, सम्पत्ति खरिद, नगर विकास कोषमा दायित्व भुक्तानी आदीमा खर्च भएको संस्थाले जनाएको छ ।

- Advertisement -
Ad image

malashree

प्रतिक्रिया दिनुहोस्