Ad image

संविधान दिवसमा लुम्बिनी प्रदेश प्रमुख घर्तीमगरको शुभकामना

malashree
malashree ३ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

बुटवल,०३ असोज। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले संविधान निर्माणका क्रममा जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याउने सबैप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख घर्तीमगरले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, समानता, दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ। उहाँले संविधानको मर्म र भावनालाई व्यवहारमा कार्यान्वयन गर्न आ–आफ्नो क्षेत्रबाट जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्नसमेत आह्वान गर्नुभएको छ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्