Ad image

जटिल बन्दै मानसिक स्वास्थ्य समस्या

malashree
malashree १ आश्विन २०८३, बिहीबार
2 Min Read
Aa

रोल्पा,०१ असोज । मानसिक स्वास्थ्य सम्बन्धि समस्या, समुदायको अवस्था तथा सहयोगको आवश्यकताबारे गरिएको आधाररेखा मूल्याङ्कनको निष्कर्ष सार्वजनिक गरिएको छ । किड्स नेपाल, यूएनएफपिए र रोल्पा नगरपालिका बिचको साझेदारीमा सञ्चालन भएको यस कार्यक्रमको बारेमा सरोकारवालाहरुको बिचमा छलफल भएको हो ।

सन् २०२६ अन्यसम्ममा मानसिक स्वास्थ्य, प्रजनन स्वास्थ्य आदीको क्षेत्रमा रहेर आधाररेखा मूल्याङ्कन गर्ने, विद्यमान दोस्रो तहका तथ्याङ्क तथा सूचना प्रणालीको समीक्षा, रोल्पा र रुन्टीगढीमा तथ्याङ्क संकलन तथा कपिलवस्तुका दुई नगरपालिकालाई तथ्याङ्क विश्लेषण तथा प्रतिवेदनमा सहयोग गर्ने, रोल्पा नगरपालिकासँग आधाररेखा मूल्याङ्कनका निष्कर्षहरु साझा गर्ने वैठक बस्ने लगायत प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्यको बारेमा विविध कार्यक्रमहरु गर्ने बताइएको छ । छलफलमा मानसिक स्वास्थ्य सम्बन्धि समस्या जटिल बन्दै गएको बताइएको छ ।

मानसिक स्वास्थ्य सम्बन्धि समस्याको रुप गम्भिर रहेकोले यसको न्यूनीकारण तथा व्यवस्थापनका सवालमा काम गर्नका लागि यो कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तिले सूचना प्रविधिको विकास सँगै मानसिक स्वास्थ्य सम्बन्धि समस्याहरु बढी देखिन थालेको बताउनुभएको छ । यो विकाराल समस्यालाई कसरी न्यूनीकरण गर्ने भन्ने विषय चुनौतीको रुपमा रहेको उहाँको तर्क थियो । सिमित स्रोत र साधनका कारण सबै समस्या समाधानमा चुनौती भएको उहाँले बताउनुभयो । सबैको सहकार्यमा न्यूनीकारण गर्न सकिने उहाँको तर्क थियो ।

नगरपालिकाकी उपप्रमुख गिता आचार्यले मानसिक स्वास्थ्यको समस्याको समस्या गम्भिर रहेको बताउनुभयो । रोल्पा नगरपालिकाले मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको भएपनि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई पूर्ण रुपमा उपचारमा ल्याउन नसकेको बताउनुभयो । नगरपालिकाको बजार क्षेत्रमा रहेका मानसिक स्वास्थ्यका समस्या भएका व्यक्तिको उद्धार गरी नगरपालिकाले विभिन्न मानव सेवा आश्रमको सहयोगमा उपचारमा सहयोग गरेको उहाँको तर्क थियो । तर मानसिक स्वास्थ्य सम्बन्धि समस्या पहिचानमा कठिनाई भएको बताउनुभयो । मानसिक रोगीहरुले आफ्नो समस्या कसैलाई बताउन नचाहने हुँदा पनि समस्या जटिल प्रकृतिको देखिने उहाँले बताउनुभएको थियो ।

- Advertisement -
Ad image

 

malashree

प्रतिक्रिया दिनुहोस्