Ad image

रोल्पामा १०३ जनाको आँखाकाे निःशुल्क शल्यक्रिया

malashree
malashree २९ भाद्र २०८३, सोमबार
1 Min Read
Aa

राेल्पा,२९ भाद्र । रोल्पामा मोतियाविन्दु तथा आँखाका अन्य बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको छ। निःशुल्क शल्यक्रिया शिविरमा मोतियाविन्दुका ९९ बिरामीहरूको शल्यक्रिया गरिएको छ। जसमध्ये ८० जनाको अत्याधुनिक मेसिन फेको प्रविधिबाट र १९ जनाको हातले एसआइसिएसको माध्यमबाट शल्यक्रिया गरिएको तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रोल्पाका कार्यालय प्रमुख खडक भाटले जानकारी दिए। तीनजनाको आँखामा मासु पलाएको र १ जनाको आँखाको ढकनीको शल्यक्रिया गरिएको भाटले बताए ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वय, द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोगमा शनिबार र आइतबार शल्यक्रिया शिविर सम्पन्न भएको हो।

तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सुनील थापा नेतृत्वको टोलीका नेत्र रोग विशेषज्ञ डा. विश्व मुखियासहितका १२ जना नेत्र विशेषज्ञहरूले सेवा दिएका थिए। जिल्लाका विभिन्न ८ ठाउँमा शिविर आयोजना गरी शल्यक्रियाका लागि छनोट गरिएको थियो। 

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्