रोल्पा, २७ भाद्र । ललित साहित्य परिषद्द्वारा १६१ औं मोती जयन्ती एक कार्यक्रम गरी मनाइएको छ । कवी मोतीराम भट्टको जयन्तीको अवसरमा जिल्लाको सदरमुकाम लिबाङमा पुरस्कार सर्मपन तथा खुला गजल बाचन कार्यक्रम गरी मनाइएको छ ।
मोती जयन्तीको अवसरमा सिमावारी सिमापारी पुरस्कार २०८२ बाट खेमराज शर्मा, बेगमवाला कला साहित्य तथा संगित पुरस्कार २०८२ बाट समिप बैरागी, वीर स्मृती कविता पुरुस्कार २०८२ बाट डि.बी. मगर ‘स्वेद’, दियो नव प्रतिभा पुरस्कार २०८२ बाट शंकर घर्तीमगर र दर्सु कथा स्मृती पुरस्कारबाट जिआर मगर सम्मानित हुनभएको थियो ।
साहित्यको माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै उहाँहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रम ललित साहित्य परिषद्का अध्यक्ष चन्द्र जिएमको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपको रुपमा साहित्यकार एवं रोल्पा नगरपालिकाका निवर्तन नगरप्रमुख पुरण केसी रहनुभएको थियो भने कार्यक्रमको विशिष्ट अतिथिको रुपमा डि.वि. टुहुरो रहनुभएको थियो ।






प्रतिक्रिया दिनुहोस्