Ad image

जलजला बोर्डिङ स्कुलबाट बाढीपीडितलाई ५१ हजार सहयोग

malashree
malashree २६ भाद्र २०८३, शुक्रबार
1 Min Read
Aa

रोल्पा,२६ भाद्र । रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ मा अवस्थित जलजला इङ्लिस बोर्डिङ स्कुलबाट भोटेकोशीबाट प्रभावितका लागि आर्थिक सहयोग गरिएको छ ।

स्कुलले भोटेकोशी लगायत देशका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण ठुलो जनधनको क्षति भएको धेरैले ज्यान गुमाएको, हजारौ नागरिक बेपत्ता तथा घरबारविहीन भएको र सयौँ घाइते भएको प्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको छ । स्कुलले स्कुलको शेयर धनी, सञ्चालक, अभिभावक, शिक्षक, विद्यार्थी लगायतबाट सहयोग संकलन गरी सहयोग गरेको स्कुलका प्रिन्सिपल दीपेश विष्टले जानकारी दिनुभएको छ ।

विद्यालय ज्ञानको केन्द्र मात्र नभई मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र जिम्मेवार नागरिकताको विकास गर्ने थलो भएको उल्लेख गर्दै विद्यालयमा आयोजनागरिने तीजको दरखाने कार्यक्रम स्थगन गरिएको समेत बताइएको छ ।

malashree

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्