Ad image

करङ्गे जागरण युवा क्लबको चौथो वार्षिकोत्सव उद्घाटन

malashree
malashree २४ भाद्र २०८३, बुधबार
2 Min Read
Aa

मालश्री खबर, भाद्र २४ रोल्पा

रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्प राजथरमा रहेको करङ्गे जागरण युवा क्लबको चौथो वार्षिकोत्सव उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । “कला संस्कृतिको जगेर्ना, खेलकुदको विकास, युवा एकता—करङ्गे जागरणको प्रयास” भन्ने नाराका साथ हरितालिका तीजको अवसरमा क्लबले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
।
क्लबका अध्यक्ष चम्फ बहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेस रोल्पा क्षेत्रीय सभापति दुर्गा बहादुर खड्का र लुङ्ग्री गाउँपालिका–२ का वडा सदस्य गोविलाल घर्ती मगर सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा शिव ज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक याम बहादुर खड्काले शुभकामना मन्तव्य राख्नुभएको थियो भने क्लबका सदस्य दिया जि.सी ले स्वागत मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव टेकेन्द्र पुन मगरले गर्नुभएको थियो ।

कार्यक्रममा साविक वडा स्तरीय पुरुष भलिबल, खुल्ला महिला भलिबल, लोक दोहोरी गीत, पुरुष रस्साकस्सी, आमा तथा महिला समूह स्तरीय रस्साकस्सी, तीज विशेष नृत्य, प्राथमिक विद्यालय स्तरीय हाजिरीजवाफ, महिला कुर्सी दौड, भाले पकड तथा घैंटा फोडलगायतका प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा विजयी हुने खेलाडी तथा समूहलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष चम्फ बहादुर घर्ती मगरले जानकारी दिनु भयो । कार्यक्रम यहि भाद्र ३० गते सम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।

- Advertisement -
Ad image

malashree

प्रतिक्रिया दिनुहोस्