Ad image

राप्ती इञ्जिनियरिङ कलेजबाट बाढी प्रभावितलाई १ लाख ५२ हजार रुपैयाँ सहयोग

malashree
malashree २४ भाद्र २०८३, बुधबार
1 Min Read
Aa

रोल्पा, २४ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले राप्ती इञ्जिनियरिङ कलेजबाट पनि आर्थिक सहयोग जुटाइएको छ ।

घोराही उप–महानगरपालिका—१६, सानीअम्बापुर सर्रा, दाङमा रहेको यस कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी, तथा कलेजको तर्फबाट रकम संकलन गरी उक्त सहयोग रकम जुटाइएको कलेजले जनाएको छ । संकलित १ लाख ५१ हजार ९ सय ७० रुपैयाँ रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको क्याम्पसका प्रिन्सिपल रेशम गिरीले जानकारी दिए ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै कलेजले उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो सामाजिक प्रतिबद्धता निरन्तर कायम राख्ने जनाएको छ ।

भोटेकोशी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कलेजले ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । यस सहयोगबाट बाढी प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापना कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वास कलेजले लिएको छ ।

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्