Ad image

बागमारा आखाँ शिविर सम्पन्न, २७० जनाले सेवा लिए

malashree
malashree २४ भाद्र २०८३, बुधबार
2 Min Read
Aa

मालश्री खबर, भाद्र २७ रोल्पा । परिवर्तन गाउँपालिका–३ बागमारा, रोल्पामा एकदिने बृहत आँखा शिविर सम्पन्न भएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय र द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।

परिवर्तन गाउँपालिका वडा नं. ३ को कार्यालय बागमारा रोल्पा तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमाराको सहकार्यमा  भदौ २३ गते मंगलबार परिवर्तन गाउँपालिका–३ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमारा भवनमा दृष्टि परीक्षण, मोतिबिन्दु छनोट तथा चश्मा जाँचसहितको बृहत आँखा शिविर सञ्चालन गरिएको थियो।

शिविरमा कुल २७० जनाले आँखा सम्बन्धी सेवा लिएका छन्। जसमध्ये १६९ जना महिला र १०१ जना पुरुष रहेका छन् । दृष्टि परीक्षणका क्रममा ९ जना मोतिबिन्दुका बिरामी पहिचान भएका छन् । जसमध्ये ६ जना महिला र ३ जना पुरुष रहेका छन् । उनीहरूलाई शल्यक्रियाका लागि यही  भदौ २७ र २८ गते तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र ९सामुदायिक आँखा केन्द्र रोल्पा०, लिवाङ रोल्पाको नयाँ भवनमा सञ्चालन हुने मोतिबिन्दु शल्यक्रिया शिविरमा सिफारिस गरिएको छ।

उक्त शल्यक्रिया शिविरमा नेपाल आँखा कार्यक्रम तथा तिलगंगा आँखा प्रतिष्ठान, गौशाला काठमाडौंका दक्ष तथा अनुभवी वरिष्ठ नेत्ररोग विशेषज्ञ चिकित्सकबाट मोतिबिन्दु तथा अन्य आवश्यक आँखा सम्बन्धी शल्यक्रिया गरिने जनाइएको छ। आयोजकका अनुसार ग्रामीण क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्