Ad image

मोती जयन्तीमा रोल्पाका साहित्यकार सम्मानित हुने 

malashree
malashree २४ भाद्र २०८३, बुधबार
1 Min Read
Aa

मालश्री खबर, भाद्र २४ रोल्पा ।  रोल्पामा १६१ औं मोती जयन्तीको अवसरमा रोल्पाका तीन जना साहित्यकार सम्मानित हुनेभएका छन् ।  ललित साहित्य परिषद् रोल्पाको आयोजनामा भाद्र २७ गते स्रस्टालाई सम्मान र खुल्ला गजल वाचन कार्यक्रम आयोजना हुन लागेको हो ।

कार्यक्रममा ललित साहित्य परिषद्बाट प्रदान गरिदै आएको वीर स्मृती कविता पुरुस्कार २०८२ बाट डि.बी. मगर ‘स्वेद’,बेगमवाला कला साहित्य तथा  संगित पुरस्कार २०८२ बाट समिप बैरागी र दियो नव प्रतिभा पुरुस्कार २०८२ बाट शंकर मगरलाई पुरस्कार प्रदान  गरिने आयोजकले जनाएको छ ।

नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्तीमा परिपषद्ले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको थियो ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनुभएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो ।

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्