Ad image

घर्तिगाउँमा आँखा शिविर सम्पन्न, १२१ जनाले सेवा लिए

malashree
malashree २३ भाद्र २०८३, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, भाद्र २३ रोल्पा । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजनामा माडी गाउँपालिका–२, घर्तीगाउँमा एकदिने बृहत् आँखा शिविर सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय, द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोग तथा माडी गाउँपालिका वडा नम्बर २ कार्यालय, घर्तीगाउँको सहकार्यमा २०८३ साल भदौ २२ गते सोमबार घर्तीगाउँ स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा दृष्टि परीक्षण, मोतिबिन्दु छनोट तथा चश्मा जाँचलगायतका सेवा प्रदान गरिएको थियो। शिविरबाट कुल १२१ जनाले सेवा लिएका छन्, जसमध्ये ८१ जना महिला र ४० जना पुरुष रहेका छन्।

आँखा परीक्षणका क्रममा ९ जना मोतिबिन्दुका बिरामी फेला परेका छन्। जसमध्ये ७ जना महिला र २ जना पुरुष रहेका छन्। उनीहरूलाई शल्यक्रियाका लागि २०८३ साल भदौ २७ र २८ गते लिवाङस्थित तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको नयाँ भवनमा सञ्चालन हुने मोतिबिन्दु शल्यक्रिया शिविरमा सिफारिस गरिएको छ।

- Advertisement -
Ad image

उक्त शल्यक्रिया शिविरमा नेपाल आँखा कार्यक्रम तथा तिलगंगा आँखा प्रतिष्ठान, गौशाला काठमाडौंका दक्ष तथा अनुभवी वरिष्ठ नेत्ररोग विशेषज्ञ चिकित्सकबाट मोतिबिन्दु तथा अन्य आवश्यक आँखासम्बन्धी शल्यक्रिया गरिने जनाइएको छ।

malashree

प्रतिक्रिया दिनुहोस्