रोल्पा,२२ भाद्र । रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका सुनिलस्मृति गाउँपालिका–६ गजुलकोटका व्यक्तिका परिवारलाई स्थानीय जनप्रतिनिधि तथा सहयोगदाताले सहयोग गरेका छन् । पीडित परिवारलाइ खाद्यान्न र आर्थिक सहयाेग गरेकाे हाे ।
सुनिलस्मृति गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लोकेन्द्र बहादुर थापाको समन्वयमा गंगा स्टोर पातिहाल्नाबाट खाद्यान्न राहत प्रदान गरिएको हो । सहयोगका लागि वडाध्यक्ष लोकेन्द्र थापाले १७ हजार ५ सय रुपैयाँ, अनिता थापाले १३ हजार रुपैयाँ, कमला भण्डारी, सौमती परिवार र दलबहादुर थापाले जनही ७ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । पीडित परिवारलाई ५१ हजार ५ सय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको वडाध्यक्ष लोकेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।
गत भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सुनिलस्मृति गाउँपालिकाबाट रसुवामा काम गर्न गएका १० जना सम्पर्कविहिन रहेका छन् । बाढीमा परी सम्पर्कविहिन हुनेहरुमा सुनिलस्मृति गाउँपालिका ५, ६ र ३ नम्बर वडाका नागरिकहरु रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्