रोल्पा,२२ भाद्र । रोल्पाको माडी गाउँपालिकाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले रसुवा, नुवाकोट लगायतका जिल्लाहरुमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
गाउँपालिकाको आइतबार बसेको वैठकको निर्णय बमोजिम गाउँपालिकाका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरुको भाद्र महिनाको सेवा सुविधा/तलबबाट पारिश्रमिक कट्टा गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने २२ लाख १० हजार सहयोग गर्ने निर्णय गरेको माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीमगरले बताए । गत भाद्र १० गते रसुवा, नुवाकोट लगायतका जिल्लाहरुमा आएको विनाशकारी बाढी पहिरोका कारण भएको अपूरणीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सहयोग पु¥याउने उदेश्यले सहयोग गरेको उनले बताए ।
गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्यहरुको सेवा सविधाबाट ५ दिन, वडा सदस्यको सेवा सुविधाबाट २ दिनको, अधिकृत स्तरका कर्मचारीको सेवा सुविधाबाट ७ दिन, सहायक स्तर कर्मचारीको सेवा सुविधाबाट ५ दिनको र श्रेणीविहीन कर्मचारी तथा विद्यालय कर्मचारीबाट ३ दिनको सेवा सुविधा कट्टा गरी प्रधान राहत कोषमा सहयोग गरिने प्रमुख प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए ।
त्यसैगरी गाउँपालिकाले गत साउन २८ गते थबाङ गाउँपालिका ५ कोटलबाराका बाढी प्रभावित नागरिको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग पु¥याउने उदेश्यले माडी गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट थबाङ गाउँपालिकालाई ३ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ । यसअघि जिल्लाको रोल्पा नगरपालिका, परिवर्तन गाउँपालिका र लुङ्ग्री गाउँपालिकाले पनि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्