Ad image

सकारात्मक खालको पत्रकारितामा प्रेरित हुन आग्रहः कांग्रेस रोल्पा सभापति आचार्य

malashree
malashree २१ भाद्र २०८३, आईतवार
2 Min Read
Aa

राेल्पा,२१ भाद्र । नेपाली कांग्रेस रोल्पाका जिल्ला सभापति किशोरकुमार आचार्यले पत्रकारलाई सत्य तथ्य सूचना प्रवाहमा सक्रिय रहन आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन रोल्पाको छैटौँ अधिवेशनमा बाेल्दै  लोकतन्त्रको सुदृढीकरण, नागरिक अधिकारको संरक्षण र समाजलाई सही सूचना प्रवाह गर्न स्वतन्त्र तथा जिम्मेवार पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ। सकारात्मक खालको पत्रकारितामा प्रेरित हुन आग्रह गर्नुभयो ।

नेपाल प्रेस युनियन रोल्पाको छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले पत्रकारिता कुनै व्यक्ति, संस्था वा राजनीतिक दलको दबाब र प्रभावमा नभई सत्य, तथ्य र जनताको पक्षमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको छ। प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था भए पनि पत्रकारिताको व्यावसायिक धर्म र मर्यादालाई कायम राख्दै निष्पक्ष तथा निर्भीक रूपमा काम गर्नुपर्ने उहाँको भनाइ छ।

उहाँले समाजमा भएका विकृति, विसंगति र कमजोरीलाई उजागर गर्दै सकारात्मक परिवर्तनका लागि पत्रकारिताले खबरदारी गर्नुपर्ने बताउनुभएको छ। पछिल्लो समय डिजिटल सञ्चारमाध्यमको विस्तारसँगै सूचना सम्प्रेषण तीव्र भए पनि गलत सूचना र भ्रामक सामग्रीको जोखिमसमेत बढेकाले पत्रकारहरू अझ बढी जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। रोल्पाको विकास, सुशासन, सामाजिक न्याय र नागरिकका आवाजलाई प्राथमिकतामा राखेर स्थानीय पत्रकारितालाई थप सशक्त बनाउनुपर्ने भन्दै सभापति आचार्यले पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास र श्रम अधिकारका विषयमा सम्बन्धित पक्ष गम्भीर बन्नुपर्ने बताउनुभएको छ।

उहाँले नेपाल प्रेस युनियन रोल्पाको नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै जिल्लाको पत्रकारितालाई थप मर्यादित, व्यावसायिक र प्रभावकारी बनाउन सबै पत्रकारबीच सहकार्य र एकताको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ।

- Advertisement -
Ad image

malashree

प्रतिक्रिया दिनुहोस्