Ad image

रेडक्रस रोल्पाले मनायो ६४ औँ स्थापना दिवस

malashree
malashree १९ भाद्र २०८३, शुक्रबार
2 Min Read
Aa

रोल्पा,१९ भाद्र ।  मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाले आफ्नो ६४औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । ‘सरकारको सहयोगीको रूपमा नेरेसोको गौरवमय ६४औँ वर्ष’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै शाखाले स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसकै अवसरमा लुम्बिनी प्रदेश सरकार र रोल्पा नगरपालिकाको साझेदारीमा निर्माण भएको दुई कोठे भवनको उद्घाटनसमेत गरिएको छ । नवनिर्मित भवनको रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले उद्घाटन गर्नुभएको हो । सो भवन लुम्बिनी प्रदेशको दश लाख र नगरपालिकाको ५ लाखको लागतमा निर्माण सम्पन्न भएको रेडक्रसले जनाएको छ ।

रेडक्रस सोसाइटी रोल्पाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख घर्तीले विपद्, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा रेडक्रसले गर्दै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले सरकार र गैरसरकारी संस्थाबीचको सहकार्यबाट नागरिकलाई थप प्रभावकारी सेवा दिन सकिने उल्लेख गर्दै रेडक्रससँगको सहकार्यलाई आगामी दिनमा अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका सभापति नौलसिंह पुनले रेडक्रसले स्थापना कालदेखि नै मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै विपद् तथा संकटका समयमा नागरिकको सेवामा निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले रेडक्रसको संस्थागत क्षमता विकाससँगै सेवा विस्तारका लागि तीनै तहका सरकार, स्वयंसेवक, सहयोगी निकाय र समुदायबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो । स्थापना दिवस कार्यक्रममा जिल्ला स्थित विभिन्न संघसस्थाका प्रतिनिधि, रेडक्रसकर्मी लगायतको सहभागिता रहेको थियो ।

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्