Ad image

माडीचौरमा आँखा शिविर सम्पन्न, १६० जनाले सेवा लिए

malashree
malashree १९ भाद्र २०८३, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, भाद्र १९ रोल्पा । रोल्पा नगरपालिका–७ माडिचौरमा एकदिने बृहत् आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय तथा द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

विहीबार रोल्पा नगरपालिका वडा नं. ७ कार्यालय माडिचौरमा आयोजित शिविरमा १६० जनाले आँखा परीक्षण, मोतिबिन्दु छनोट तथा चश्मा जाँचसम्बन्धी सेवा लिएका छन ्। सेवा लिनेमा ११४ पुरुष र ४६ महिला रहेका छन् ।

शिविरबाट ९ जना मोतिबिन्दुका बिरामी शल्यक्रियाका लागि सिफारिस भएका छन् । सिफारिस हुनेमा ५ पुरुष र ४ महिला छन् । उनीहरूको शल्यक्रिया भदौ २७ र २८ गते तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रोल्पा लिवाङको नयाँ भवनमा सञ्चालन हुने मोतिबिन्दु शल्यक्रिया शिविरमा गरिने जनाइएको छ ।

- Advertisement -
Ad image

शल्यक्रियाका लागि नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौंका दक्ष तथा अनुभवी वरिष्ठ नेत्ररोग विशेषज्ञ चिकित्सकहरू आउने आयोजकले जनाएको छ।

malashree

प्रतिक्रिया दिनुहोस्