मालश्री खबर, भाद्र १६ रोल्पा
रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रोल्पा नगरपालिकाले रु। ३० लाख ३६ हजार ७७२ रुपैया सहयोग गरेको छ ।
रोल्पा नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको भाद्र महिनाको तलब÷मासिक सुविधाबाट कट्टी हुने गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
नगरपालिकाले बाढीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, बेपत्ता तथा अलपत्र परेकाहरूको शीघ्र खोज तथा उद्धार गरी प्रभावित नागरिकलाई पुनःस्थापना गर्न आग्रह गरेको छ ।
नगरपालिकाले जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक, पेशाकर्मी, संघ–संस्था तथा नागरिकहरूलाई समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आह्वान गरेको छ





प्रतिक्रिया दिनुहोस्