Ad image

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाका परिवार भन्छन्, ‘आस अझै मरेको छैन’

malashree
malashree १५ भाद्र २०८३, सोमबार
5 Min Read
Aa

भरत विश्वकर्मा
रोल्पा,१५ भाद्र । तत्कालिन माओवादीले २०५२ सालबाट सुरु गरेको सशस्त्र द्वन्द्व समाप्त भएको वर्षाै भईसक्यो । तत्कालिन द्वन्द्वको समयमा हजाराँैले ज्यान गुमाए, अंगभगं भए, परिवार घरबार विहिन बने त कति बेपत्ता भए । तत्कालिन सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका परिवारहरुको आस अझै मरेको छैन् । परिवारको सदस्य फर्किएर आउँछ कि भन्ने आसमा परिवार बसेको धेरै भैसक्यो । तत्कालिन समयमा बेपत्ता पारिएकाहरुको खोजीका लागि परिवारले सरकारको ढोका ढकढक्याइ रहेपनि परिवारको सास र लासको भने अत्तापत्तो छैन् ।

रोल्पा नगरपालिका–३ खुमेल की ७८ वर्षिय माली रोका क्षेत्रीलाई हराएको जेठो छोरा मणिराम रोका क्षेत्री फर्किएर घरमा आउने आस अझै मरेको छैन् । माओवादी सशस्त्र द्वन्द्वले उग्र रुप लिदै थियो मालीकी छोरा मणिराम एक विहान भर्खर घरमा खाना खादै थिए । आमा माली घरमा थिइनन् । सोही समायमा माओवादीका मान्छेहरु आए र उनको छोरालाई औषधी किन्न भन्दै सुलिचौर बजार पठाए । सुलिचौर बजार गएको छोरा फर्केनन् । त्यहीँबाट माओवादीको औषधी किन्न आएको भन्दै उनको छोरालाई प्रहरीले गिरफ्तार गरेको भन्ने खबर उनले पाइन् । उनको छोरा माओवादी भने थिएनन् । माओवादीको औषधी लिन बजार गएकै कारण उनलाई प्रहरीले पक्राउ गरी बेपत्ता पारेको मणिरामकी आमा माली रोका क्षेत्री बताउँछिन् । छोरो बेपत्ता पारेको उनलाई मिति ठ्याक्कै याद नभएको बताउँछिन् । त्यो समयमा छोरा भारतबाट काम गरेर फर्केको एक महिना भएको थियो उनले भनीन् । उनी रोजगारीका लागि भारत आउने जाने गर्दथे । ‘छोरा आउछकी भन्ने आसमा मात्र छु, बेपत्ता हुनेबेला सत्र वर्षको थियो, माओवादीको औषधी लिन जादा सुलिचौरबाटै बेपत्ता पा¥यो इन्डियाबाट आएको १ महिना भएको थियो,’ मणिरामकी आमा माली रोका क्षेत्री भन्छिन् ‘सुलिचौरबाट त माओवादी होस भनेर समाएर लगेका हुन रे । छोरा माओवादी होइन् ।’ अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी रोल्पाले लिबाङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भनीन्, ‘कार्यक्रमहरु हुँदा छोरा जिउदो भएको खबर पो सुनिन्छकी भनेर आउने गरिरहन्छु, कि लास कि सासको टुङ्गो लगाइदिए हुने युद्ध सकिएको यत्रो वर्षमा पनि अत्तोपत्तो छैन् ।’


रोल्पा नगरपालिका–७ जङ्कोटका ७२ वर्षिय दलराज सुनारको पिडा पनि उस्तै छ । उनको श्रीमान सुनारलाई काठमाडौँ इट्टा भट्टामा काम गर्ने जाने क्रममा द्वन्द्वको समयमा राज्यपक्षले बेपत्ता पा¥यो । त्यसबेला श्रीमानका बुवा दलराजले माओवादीले गाउँगाउँ डुलाइरको थियो । गाउँमा बस्न असहज भएपछि श्रीमान भने आमासँग सल्लाह गरेर काठमाडौ जाने निधो गरी घरबाट हिडेका थिए । देश शान्ति प्रक्रियामा गएको वर्षाै बितिसक्यो तर छोराको सास र लासको टुङ्गो छैन् । ‘इट्टा भत्तामा काम गर्न जादा राज्य पक्षले बेपत्ता पारेको हो, खोलामा मारेको भन्ने कुरा सुनियो तर लास देखिएन्, श्रीमानका बुबा दलराजले भने ‘कुनै पार्टीमा थिएन घरमा पनि माओवादीले बस्न नदिने भएपछि काठमाडौ जादा बेपत्ता पा¥यो ।’ छोराको लास नदेखेकाले सुनारको आस मरेको छैन् कुनै समय छोरा आइहाल्छ की भन्ने आसमा उनी छन् । ‘फर्कि आउछ आउछ भन्ने भयो यत्रो वर्ष भैसक्यो अबत आस पनि मर्ने जस्तो भैसक्यो’ उनी भन्छन् । तत्कालिन समयमा मलाई पनि माओवादीले धेरै दुख दियो । त्यतिबेला माओवदीले मलाई १८ महिना हिडायो परिवारका अरुलाई पनि दुख दियो उनले भने । छोराको खोजीमा उनी भौतारिएको धेरै भैसक्यो । ‘मैले सबैतिर भने जुन पक्षले भएपनि मारेको हु भन्दिनु कि सास चाहियो उनले भने ‘उनीहरुले मारेको भनेर नस्विकार्ने भए । कतैबाट छोरा आइहाल्छ की भन्ने मात्र लाग्छ मरेकै भन्ने विश्वास लाग्दैन् ।’

रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्ति सशस्त्र द्वन्द्व समाप्त भई शान्ती स्थापना भएको २० वर्ष हुँदा पनि बेपत्ता पारिएकाहरुको अहिलेसम्म पनि सार्वजनिकीकरण हुन नसक्नु दुखद कुरा भएको बताउँछन् । ‘हाम्रो देशमा शान्ति स्थापना पछि राजनीतिक अस्थिरता, जुनसुकै सरकार आएपनि धेरै टिक्न नपाउने उसले काम गर्न नपाउँदै सरकार टुट्ने यो अवस्थाले गर्दा पनि ढिलो भैरहेको अवस्था हो’ उनले भने ‘बेपत्ताको लिस्टमा भएकाहरु कतै फर्किएर आउँछ कि भन्ने आसमा छन् वर्षौसम्म पनि फर्केर नआउँदा फेरी मारिएका छन् कि भन्ने स्पष्ट हुन्छ । आधाकारिक रुपमा राज्यले नभन्दा सम्म भन्न सकिदैन्, आधाकारिक रुपमा राज्यले भन्नुपर्ने हो ।’ सशस्त्र द्वन्द्वको समयमा रोल्पाका ३३ जना बेपत्ता भएको सरकारी तथ्याङ्क छ । भने रेडक्रसको तथ्याङ्क अनुसार जिल्लामा ६५ जना नागरिक बेपत्ता छन् ।

- Advertisement -
Ad image

malashree

प्रतिक्रिया दिनुहोस्