मालश्री खबर, भाद्र १३ रोल्पा
नेपाली कांग्रेस परिबर्तन गाँउपालिका ३ को आयोजनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस परिबर्तन गाँउपालिका ३ चारेढुङ्गा साइखोला निवासी पार्टीका क्रियाशिल सदस्य स्वर्गिय धन बहादुर वलीको १३ औं पुण्यतिथिको अवसर पारेर श्रद्धाञ्जली सभाको आयोजना गरिएको नेपाली कांग्रेस परिबर्तन गाँउपालिका वडा न. ३ ले बताएको छ ।

नेपाली कांग्रेस परिबर्तन गाँउपालिका ३ का उप सभापति शेर बहादुर डाँगीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभा कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संगठन बिभाग सदस्य सचिव बिश्व कुमार चन्द रहनु भएको थियो ।
श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संगठन बिभाग सदस्य सचिव बिश्व कुमार चन्दले स्वर्गिय धन बहादुर वलीको निधनले पार्टीलाई ठुलो क्षती पुगेको बताउनु भएको छ । मृतक वलीको दिबंगत आत्माको चिरशान्तिको कामनागर्दै शोकाकुल घर परिवार जनलाई ईश्वरको धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी पुनले गहिरो संबेदना समेत व्यक्त गर्नु भएको छ । साथै चन्दले दुःखको घडिमा शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न समेत परिवार जनलाई आग्रह गर्नु भएको छ ।
उक्त श्रद्धाञ्जली सभा कार्यक्रममा परिबर्तन गाँउपालिका वडा न. ३ का वडा अध्यक्ष खिम बिक्रम चन्द, नेपाली कांग्रेस रोल्पाका नेतृ एंव नेपाल रेडक्रस सोसाइटी बागमारा शाखा सभापति लक्ष्मी डाँगी, त्रिबेणी गाँउपालिका वडा न. ४ का वडा सदस्य दल बहादुर खड्का, नेपाली कम्युनिस्ट पार्टी परिबर्तन गाँउपालिका वडा न. ३ का अध्यक्ष झपीराम डाँगी लगाएतले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो ।
श्रदाञ्जली सभा कार्यक्रममा बोल्ने सबै बक्ताहरुले भाद्र १० गते भोटेकोशीमा आएको बिनासकारी बाढीमा परि ज्यान गुमाउनेहरु प्रति समेबदना ब्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
सोही श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै स्वर्गीय वलीका साइला छोरा नेपाली कांग्रेसका क्रियाशिल सदस्य गणेश कुमार वलीले दुःखको घडिमा आफुहरुलाई साथ सहयोग, हौसल्लाह र साहनुभुति र समबेदना प्रदान गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यक्रता, शुभचिन्तक, जनप्रतिनिधी, स्थानीयहरु लगाएतको सहभागिता रहेको थियो ।
कांग्रेस क्रियाशिल सदस्य स्र्वगिय धन बहादुर वलीको यहि भाद्र १३ गते ८० बर्षको उमेरमा निधन भएको थियो ।
श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस परिबर्तन गाँउपालिका सचिव ज्योती प्रकाश चन्दले गर्नु भएको थियो ।






प्रतिक्रिया दिनुहोस्