राेल्पा,१२ भाद्र । लुङ्ग्री गाउँपालिका–५ बडाचौरस्थित भाउनेमा जीप दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
लुङ्ग्री गाउँपालिका–६ थामलेखमा लागेको मेलाबाट सुलिचौरतर्फ फर्किंदै गरेको लु १ ज ४७१० नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटना लुङ्ग्री गाउँपालिका ५ बडाचौरको भाउनेमा भएको इलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ।
दुर्घटनामा घाइते भएका २० जनामध्ये ७ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा रिफर गरिएको छ। बाँकी १३ जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको समय तथा घटनाको विस्तृत कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्