मालश्री खबर, भाद्र १० रोल्पा
भोटेकोशीमा आएको बाढीका कारण रोल्पाका विभिन्न स्थानीय तहका २४ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा रोल्पा नगरपालिका, सुनिलस्मृति, परिवर्तन, गंगादेव, माडी र रुन्टीगढी गाउँपालिकाका स्थानीय बासिन्दा रहेका छन्।
प्राप्त विवरणअनुसार सुनिलस्मृति गाउँपालिका–६ पातिहाल्नाका रविलाल भण्डारी, राजेन्द्र महत, कुमार महरा, बसन्त महरा र सन्जु महत सम्पर्कविहीन छन्। यस्तै वडा नं। ५ क्वालिगाउँका हरिबहादुर घर्ती र आर्यन घर्ती तथा काभ्राका अनाराम पुन र सोमबहादुर घर्ती सम्पर्कविहीन भएका छन्।
सुनिलस्मृति–३ लौवाङका जक्तबहादुर पुन मगर, रोल्पा नगरपालिका–१० धबाङका लेखराज रोका, परिवर्तन गाउँपालिका–६ थानकोटका कुलप्रसाद बुढामगर, मीना घर्ती मगर, डि।पी। बुढामगर र खुसी बुढामगर पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
त्यस्तै गंगादेव गाउँपालिका–२ जिनावाङकी कमला पुन मगर, माडी गाउँपालिका–५ भावाङकी तिला बाठा मगर र माडी गाउँपालिका–३ तालावाङकी दीपा घर्ती सम्पर्कविहीन छन्।
रुन्टीगढी गाउँपालिका–८ का गीता बस्नेत, हस्तबहादुर बस्नेत, गोपाल पुन, गोपाल परियार, विकास परियार र ध्रुवबहादुर बुढामगर पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।
सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा अवस्थाबारे थप विवरण संकलन भइरहेको छ । परिवार तथा आफन्तले सम्बन्धित निकायमार्फत खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गरेका छन्।





प्रतिक्रिया दिनुहोस्