मालश्री खबर, १० भदौ, रोल्पा ।
बाढी पछि सुनिलस्मृती गाँउपालिका का २१ र रोल्पा नगरपालिका का १ जना बेपत्ता भएका छन् । रसुवाको हाकुबेशी गाजाबारी क्षेत्रमा निर्माण भैरहेको २ सय १६ मगावाटको माथिल्लो त्रिशुली १ जलबिधुत आयोजनामा काम गरि रहेको बेलामा उनीहरु बेपत्ता भएको पारिवारीक स्रोतको भनाई छ ।
पारिवारीक स्रोतका अनुसार सोही आयोजनामा सँगै काम गर्ने २३ जना मध्य सुनिलस्मृत गाँउपालिका वडा न. ६ का मुक्त महरा भने बिरामी भएर काम गर्न नजादा सकुशल रहेको बताइएको छ ।
महराका अनुसार माथिल्लो त्रिशुली १ जलबिधुत आयोजनामा काम गर्न गएका आफ्ना २२ जना साथिहरु बेपत्ता भएको फोन मार्फत जानकारी गराएको बेपत्ता भएका एक जनाको आफन्ती प्रमिसा सुबेदीले रेडियो मालश्रीलाई जानकारी दिनु भएको छ ।
सुबेदीका अनुसार बेपत्ता हुनेमा सुनिलस्मृती गाँउपालिका वडा न. ६ पाटीहाल्ना निवासी राजेन्द्र महत, सुनिलस्मृती गाँउपालिका ६ गजुलका सन्तबिर महरा, रोल्पा नगरपालिका १० भनभने चुत्रेखर्कका लेखराज रोका रहेका छन् भने बाकि बेपत्ता हुनेहरुको परिचय खुलेको छैन् । उनिहरु अधिकांस एकै गाँउको रहेको खुलेको छ । बेपत्ताहरुको तत्काल खोजी गरिदिनको लागि परिवारले सबैलाई आग्रह गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्