Ad image

रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा

malashree
malashree १० भाद्र २०८३, बुधबार
1 Min Read
Aa

रोल्पा,१० भाद्र । रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रोल्पाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समिक्षा गरेको छ ।

रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र अध्यक्ष बालकृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सीता आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिको रुपमा कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पाका प्रमुख कोष नियन्त्रक तुकमान पुन मगर रहनुभएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राउत लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको अवसरमा कार्यलयले गत आर्थिक वर्षमा हासिल गरेको प्रगतिको बारेमा समिक्षा गरिएको थियो । आयुर्वेद स्वास्थ्य प्रति धेरैको पहुँच विस्तार गर्नुपर्ने कार्यक्रम छलफल भएको थियो । आवश्यक स्रोत साधनको अभाव, बजेटको अभाव लगायतका कारणले आयुर्वेद स्वास्थ्यलाई प्रभावकारी रुपमा अघि बढाउन नसकिएको बताइएको छ ।

जिल्लाको सबै स्थानीय तहमा आयुर्वेदको सेवा विस्तार भएको अवस्था भएपनि कतिपयालाई यस केन्द्रले प्रदान गर्ने सम्पूर्ण सेवा प्रवाहको बारेमा जानकारी नहुँदा सेवा प्रवाहमा कमी आएको बताइएको छ ।

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्