Ad image

नेपाली कांग्रेस परिबर्तन गाँउपालिका ३ द्धारा स्वर्गिय डाँगीको श्रद्धाञ्जली सभा सम्पन्न

malashree
malashree ९ भाद्र २०८३, मंगलवार
2 Min Read
Aa

मालश्री खबर, ०९ भदौ, रोल्पा ।
नेपाली कांग्रेस परिबर्तन गाँउपालिका ३ को आयोजनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस परिबर्तन गाँउपालिका ३ का क्षेत्रीय प्रतिनिधी तुल बहादुर डाँगीको आमा कांग्रेस क्रियाशिल सदस्य बिष्णु डाँगीको १३ औं दिनको अवसर पारेर श्रद्धाञ्जली सभाको आयोजना गरिएको नेपाली कांग्रेस परिबर्तन गाँउपालिका वडा न. ३ ले बताएको छ ।


नेपाली कांग्रेस परिबर्तन गाँउपालिका ३ का उप सभापति रन बहादुर चन्दको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभा कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस रोल्पाका उपसभापति तथा गंगादेव गाँउपालिका अध्यक्ष हरि बहादुर पुन रहनु भएको थियो ।

श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिमा नेपाली कांग्रेस रोल्पाका उपसभापति तथा गंगादेव गाँउपालिका अध्यक्ष हरि बहादुर पुन कांग्रेस क्रियाशिल सदस्य स्वर्गिय बिष्णु डाँगीको निधनले पार्टीलाई ठुलो क्षती पुगेको बताउनु भएको छ । मृतक डाँगीको दिबंगत आत्माको चिरशान्तिको कामनागर्दै शोकाकुल घर परिवार जनलाई ईश्वरको धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी पुनले गहिरो संबेदना समेत व्यक्त गरेका छन् । साथै पुनले दुखको घडिमा शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न समेत परिवार जनलाई आग्रह गर्नु भएको छ ।

उक्त श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाली कांग्रेस गंगादेब गाँउपालिका सभापति मिन बहादुर डाँगी, परिबर्तन गाँउपालिका वडा न. ३ का वडा अध्यक्ष खिम बिक्रम चन्द, गंगादेब गाँउपालिका वडा न. ७ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस गंगादेब गाँउपालिका वडा न. ७ का वडा सभापति प्रेम प्रकाश केसी र नेपाली कांग्रेस परिबर्तन गाँउपालिका वडा न. ३ का निबर्तमान वडा सभापति गोकुल बहादुर डाँगी श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो ।

- Advertisement -
Ad image

सोही श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै स्वर्गीय डाँगीका जेठो छोरा नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनधी तुल बहादुर डाँगीले दुखको घडिमा आफुहरुलाई साथ सहयोग, हौसल्लाह र साहनुभुति र समबेदना प्रदान गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यक्रता, शुभचिन्तक, जनप्रतिनिधी, स्थानीयहरु लगाएतको सहभागिता रहेको थियो ।

कांग्रेस क्रियाशिल सदस्य स्वर्गिय बिष्णु डाँगीको यहि श्रावण २८ गते ७५ बर्षको उमेरमा निधन भएको थियो ।

श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस परिबर्तन गाँउपालिका सचिव ज्योती प्रकाश चन्दले गर्नु भएको थियो ।

 

malashree

प्रतिक्रिया दिनुहोस्