मालश्री खबर, ०९ भदौ, रोल्पा । जेन्जी आन्दोलनका क्रममा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सुलिचौरले गोप्य सूचनाका आधारमा सुनिलस्मृति गाउँपालिका–५ काभ्राका २६ वर्षीय दिपक सुवेदीलाई पक्राउ गरेको जनाएको छ। सुवेदीलाई मंगलबार रुइनिबाङ बीच बजारबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।
प्रहरीका अनुसार उनी कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए। अदालतबाट उनलाई २० वर्ष कैद सजाय तोकिएको बताइएको छ। पक्राउ परेका सुवेदीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजै कारागार पठाइएको इलाका प्रहरी कार्यालय सुलिचौर प्रहरी निरिक्षक अनिलकुमार चौधरीले बताएका छन ।





प्रतिक्रिया दिनुहोस्