Ad image

करङ्गे जागरण युवा क्लबले चौथो वार्षिकोत्सव मनाउँदै

malashree
malashree ९ भाद्र २०८३, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, भाद्र ९ रोल्पा

रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्प राजथरमा रहेको करङ्गे जागरण युवा क्लबले विभिन्न कार्यक्रमको आयोजना गरि आफनो चौथो वार्षिकोत्सव मनाउँने भएको छ । “कला संस्कृतिको जगेर्ना र खेलकुदको विकास, युवा एकता करङ्गे जागरणको प्रयास“ भन्ने नाराका साथ क्लबले हरितालिका तीजको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरि आफनो चौथो वार्षिकोत्सव मनाउँने भएको हो ।

कार्यक्रमअन्तर्गत साविक वडा स्तरीय पुरुष भलिबल, खुल्ला महिला भलिबल, लोक दोहोरी गीत, पुरुष रस्साकस्सी, आमा तथा महिला समूह स्तरीय रस्साकस्सी, तीज विशेष नृत्य, प्राथमिक विद्यालय स्तरीय हाजिरीजवाफ, महिला कुर्सी दौड, भाले पकड तथा घैंटा फोडलगायतका प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा विजयी हुने खेलाडी तथा समूहलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै ऐतिहासिक पुरानो संस्कृति हात्तिमाउति नाचको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

आयोजकले स्थानीयवासी, खेलाडी, विद्यार्थी तथा कला–संस्कृतिप्रेमी सबैलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन आग्रह गरेको छ ।
कार्यक्रम यहि भदौ २४ गतेदेखि ३० गतेसम्म शिव ज्योति प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजना हुन गरेको क्लबले जानकारी दिएको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्