मालश्री खबर, ७ भदौ, राेल्पा । होटल व्यवसायी संघ रोल्पाले सुनछहरी गाउँपालिका–२, भित्रीगाममा पहिरोमा परी ज्यान गुमाएका चार जनाका परिवारलाई राहत प्रदान गरेको छ।
निरन्तर वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई मौलाबन र बाहिरीगाम पुलमा राहत हस्तान्तरण गरिएको हो। पहिरोपीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले संघले खाद्यान्न, त्रिपाल तथा नगदसहित राहत उपलब्ध गराएको जनाएको छ।
राहत सामग्रीतर्फ रु. ३१ हजार २ सय बराबरको सामान र रु. २० हजार नगद प्रदान गरिएको होटल व्यवसायी संघ रोल्पाले जनाएको छ।

राहत वितरण कार्यक्रममा होटल व्यवसायी संघ रोल्पाका उपाध्यक्ष मिलन घर्ती मगर, केन्द्रीय सदस्य घलुराम पोख्रेल, सुनछहरी गाउँपालिकाका कार्यपालिका सदस्य मनबहादुर बि.क., महासचिव रविन्द्र बुढामगर, कोषाध्यक्ष नरेन्द्र बुढामगरलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम होटल व्यवसायी संघका सदस्य प्रेमप्रकाश रोकाले सञ्चालन गर्नुभएको थियो। संघले विपद्को समयमा पीडित परिवारलाई साथ र सहयोग गर्ने उद्देश्यले राहत प्रदान गरिएको जनाएको छ।






प्रतिक्रिया दिनुहोस्